पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८ जना, ललितपुरमा २८ जना र भक्तपुरमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन् ।
हालसम्म काठमाडौंमा मात्र ९८ हजार २७६ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ । हालसम्म ९५ हजार ३५७ सय जना निको भएका छन् ।
ललितपुरमा १५ हजार ४८२ जना संक्रमित भएका छन्। जसमा १४९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ४ जना निको भएका छन् । यस्तै भक्तपुरमा ८ हजार ९९९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७४३ जना निको भएका छन् ।
आज काठमाडौंमा २ हजार ४४३ ललितपुरमा ३२९ र भक्तपुरमा १४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।