logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङबाट सल्यान हिँडेको बस भेरीमा खस्दा १ जनाको मृत्यु


अंकुरण खबर
741
Shares

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के नजिकैबाट आज बस भेरी नदीमा खसेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

‘सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगर भने, हामीलाई एक जनाको मृत्यु भएको खबर आएको छ । उनको विवरण खुलेको छैन, नदीमा एक जनाको मात्रै शव भेटिएको छ ।’

गाडीमा चार जनामात्रै यात्रु रहेको खुलेको प्रहरीले जनाएको छ । चार जनामध्ये एक जना घाइते भएका छन् भने दुई जनाको अवस्था सामान्य रहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । नदीमा बस डुबेकाले गाडी नम्बर तथा यात्रुको बारेमा विवरण आइसकेको छैन् ।