logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने


अंकुरण खबर
2.366K
Shares

बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब अन्य संस्थाको एटीएम काउन्टर मार्फत कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अन्तर बैंकको एटीएम मार्फत कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ।

कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि यस अघि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः शुल्क लाग्ने व्यवस्था गरिएको हो । बैंकहरुले आगामी माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन सक्ने भएका छन् ।

एक बैंकले जारी गरेका एटीएम कार्ड अन्य बैंकको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरै गरेमा २० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।