logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली देश दौडाहामा, आज सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्न धनगढी जाँदै


अंकुरण खबर
858
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिमको धनगढी जाने भएका छन् ।

आफु निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको हो ।

सभामा ओलीले सम्बोधन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा दाहाल(नेपाल समूहले अवरोध गर्ने सूचना पाएपछि सुरक्षाका लागि कम्तीमा एक हजार सुरक्षाकर्मी धनगढीमा परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

पार्टी विभाजन भएपछि ओली उपत्यका बाहिरको कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री ओलि शुक्रबार बिहान श्रीएरलाईन्स मार्फत धनगढी जाने कार्यक्रम रहेको छ । उनी आजै काठमाडौं फर्कनेछन् ।