logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौँ’ : ईश्वर पोखरेल


अंकुरण खबर
1.209K
Shares

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन् ।

जिल्लाको खाडीचौरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्डले अहिलेसम्मको सबै गल्तीलाई सच्याएर फर्किन चाहेमा अझै पार्टी एकताको सम्भावना रहेको बताए ।

“प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौँ । उहाँ फर्किएर आउनुहुन्छ भने नयाँ ढङ्गबाट पुन:  अगाडि बढ्ने छौँ”, उपप्रधानमन्त्री पोखरेलले भने ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको उनले दाबी गरे ।