logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद बिघटनः नेकपा प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने


अंकुरण खबर
1.495K
Shares

संसद बिघटनविरुद्ध (नेकपा) प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओेलीलाई विरोधपत्र बुझाउने भएको छ ।

चरणबद्ध आन्दोलन गर्दै आएको सो पक्षले शुक्रबार मुलुकभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ ।

त्यस्तै संसद बिघटनको विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-माधवपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।