नेपाल राष्ट्र बैंकले भोली पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।
त्यस्तै, क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले पुस २५ गते राजस्व संकलन गर्ने प्रयोजनका लागि आरटीजीएस प्रणाली समेत सञ्चालन हुने जनाएको छ ।