मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट प्रहरीले करिब ६५ केजी गाँजासहित आठ जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत आठ जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।