logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले सिडिओमार्फत् प्रधानमन्त्रीलाई बुझायो विरोधपत्र


अंकुरण खबर
832
Shares

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले सिडिओमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् । विरोधपत्रका साथमा उनीहरुले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिएका छन् ।

उनीहरुले राष्ट्रका नाममा क्षमा याचनासहित गलत कदम सच्चाउन समेत प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । उक्त समूहले आज बबरमहलमा भेला भएर काठमाडौंका सिडिओलाई पनि विरोधपत्र बुझाएका छन् ।

बबरमहल चोकमा भेला भइ जुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले विरोधपत्र बुझाएको स्रोतले बताएको छ ।