logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीबाट राजनीतिक परिवर्तनमाथि आक्रमण भयो : नारायणकाजी श्रेष्ठ


अंकुरण खबर
988
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ऐतिहासिक राजनीतिक परिवर्तनमाथि प्रहार गरेको आरोप लगाइएको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठकमा  राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरी ऐतिहासिक राजनीतिक परिवर्तनमाथि प्रहार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘बाध्यताका कारण संविधान मिच्न पाइँदैन । संविधानमाथि प्रहार गर्न पाइँदैन । यो राजनीतिक परिवर्तनमाथि आक्रमण हो ।’ श्रेष्ठले संविधान निर्माणताका स्थायी सरकार निर्माणका लागि प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिने राष्ट्रिय राजनीतिक सहमति भएको बताए ।

उनले भने, ‘संविधान निर्माण गर्दा नै राष्ट्रिय राजनीतिक सहमतिका आधारमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिने सहमति भएको थियो ।’

उनले प्रधानमन्त्रीको कदमले ऐतिहासिक राजनीतिक परिवर्तनमा कालो बादल मडारिएको संकेत गर्दै भने, ‘के हो संवैधानिक छ ? कसैले भन्न सक्छ यो संवैधानिक छ ?’

उनले संविधानका विभिन्न धारा उपधाराको चर्चा गर्दै प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको तर्क गरे ।