logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण पोखरामा थप एक जनाको मृत्यु


अंकुरण खबर
845
Shares

कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११:४७ बजे मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी पनि थिइन् । उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।