logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभाको अर्को बैठक पुस २६ गते बस्ने


अंकुरण खबर
1.248K
Shares

संघीय संसद अन्तरगत राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठक पुस २६ गते बस्ने गरी स्थगित भएको हो । आज दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरिएको छ । उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गरेकी हुन् ।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ, तारादेवी भट्ट, कोमल वली, रमेशजंग रायमाझीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानमाथि असंवैधानिक कदम चालेको भन्दै आपत्ती जनाए । संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्नुपर्ने उनीहरुको माग छ ।