logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हामीलाई गाली गलौज गर्ने फुर्सद छैन, कृषिको आधुनिकीकरण गर्नुछ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.482K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फूर्सद नभएको बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‍ ओलीले प्रचण्ड–नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् ।

‘केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गाली गलौज गरेर मुख छोड्ने, सभ्यता केही छैन् । प्रचण्ड-नेपाल आन्दोलनमा गएर गालीगलौज गरेर हिँडेका छन् । हामीलाई गाली गलौज गर्ने, दन्त बझान गर्ने फुर्सद छैन् । कृषिको आधुनिकीकरण गर्नुछ’, उनले भने ।

उनले भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी गर्ने गरेको बताए ।

बाहिर-बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, उनले भने ।