पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७१ जना, ललितपुरमा २३ जना र भक्तपुरमा १३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या एक लाख २२ हजार ९६४ पुगेको छ ।
यस्तै, आज नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।