logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुहारी बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरा पक्राउ


अंकुरण खबर
1.001K
Shares

स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई बिहीबार पक्राउ गरेको हो ।

बुहारीले बिहीबार जाहेरी दिएपछि ससुरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । बुहारीले दिएको जाहेरीका अनुसार ससुराले विगत चार वर्षदेखि उनीमाथि बलात्कार गर्दै आएका थिए।

‘ती महिलाको १६ वर्षको उमेरमा विवाह भएको रहेछ । दुई वर्ष भारतमा परिवारसहित बसिन्,’ एसपी बोगटीले भने,’त्यहाँ हुँदादेखि नै बलात्कार गर्ने गरेको बताएकी छन्। ‘सामाजिक डर, सुध्रिन्छ कि भनेर, लाजका कारण लुकाएको बुझिन्छ,’ उनले भने।

प्रहरीले ससुरामाथि थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिएको छ । उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।