logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना डिस्चार्ज


अंकुरण खबर
1.365K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

नेपालमा एकै दिन ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ ।