logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आजको मौसम : कतै सफा, कतै बदली


अंकुरण खबर
1.586K
Shares

देशका अधिकांश भूभागमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने छ । अहिले बिहान देशका केही भूभागमा आंशिक बदली रहेको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् । तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यस्तै आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।