राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् । ओलीले पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आजको बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।