अनेरास्ववियू (दाहाल-नेपाल समूह) का विद्यार्थीले ललितपुर पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन् ।
संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए ।
यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डल र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ ।
संसद् विघटनपछि नेकपामा दाहाल-नेपाल र ओली समूह राजनीतिक रूपमा विभाजित भएका छन् । दाहाल–नेपाल समूह संसद् विघटनविरुद्ध विभिन्न जुलुस तथा प्रदर्शन गर्दै आएका छन् ।