logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ आज एकै दिन तोलामा २३ सय रुपैयाँ घट्यो


अंकुरण खबर
767
Shares

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।

गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको हो ।

नेपाली बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुनको भाउ ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।