भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ ।
खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो । सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिइनेछ भने त्यसपछि ५० वर्षमाथिका र गम्भीर बिरामी रहेका ५० भन्दा कम उमेरका मानिसहरुलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिलो चरणमा उच्च खतरामा परेका समूहका २७ करोड, १ करोड स्वास्थ्यकर्मी, २ करोड फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई खोप दिइने जनाइएको छ ।
उनीहरुलाई २८ दिनपछि अर्को डोज खोप दिइने जनाइएको छ । भारतका कोभिशिल्ड र कोभाक्सिन खोपलाई अनुमति दिइएको छ ।