आइतबार बिहान आकिस्मक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
बैठक आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा गर्ने सम्बोधनमा केन्द्रीत भएको दाबी गरिएको छ ।
बैठकमा सामेल एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफूले राष्ट्रियसभामा आज सम्बोधन गर्न लागेको जानकारी दिएर त्यसका लागि आवश्यक सुझावहरु माग गरेका थिए ।
बैठकमा मन्त्रीहरुसँगको छलफलपछि ओलीले संसद विघटन, पार्टी विभाजन, आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचन र कोरोना महामारी नियन्त्रणलगायत विषयमा केन्द्रीत सम्बोधन गर्ने निष्कर्ष निकालेको बुझिएको छ ।