logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पा र दाङबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.404K
Shares

रोल्पा र दाङबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी रोल्पा लिवाङ–४ की ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी दाङकी ८० वर्षीया वृद्धा पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सोही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।