logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच वर्ष सरकार चलोस्, सरकार परिवर्तन नहोस् भनेर प्रयास गरें तर सकिएन : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.352K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन् । तर काम गर्न नदिएपछि संसद विघटन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए ।

‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, सरकार परिवर्तन नहोस्, मैले पनि यही प्रयास गरेको थिए तर सकिएन’ उनले भने । सरकारले रफ्तारका काम गरिहेको, विकास निर्माणको काम भइरहेको समयमा आफू विरुद्ध गुटबन्दी गरिएको आरोप उनले लगाए।

सरकारले छिमेकीसँग राम्रो सम्बन्ध राख्न आफूले पहल गरेको तर आफूले राम्रो काम गरेपछि केहीले ईर्या र डाहा गरेको उनको आरोप छ । षड्यन्त्र गरेर प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भन्ने काम भएको र आफूले नै दिएका अवसरहरुको दुरुपयोग गर्ने अवस्था बन्न गएको ओलीको भनाइ छ ।

‘हामीले सोचेका थियौं, प्रतिनिधिसभा ५ वर्ष चल्नेछ । प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको रक्षा गर्ने सन्दर्भमा विना व्यवधान काम गर्न पाउने छ,’ उनले भने,‘ त्यसरी काम गरेर अगाडि जाने छौं भन्ने सोचेका थियौं ।

नेपाली जनताले विश्वासका साथ जुन अभिभारा सुम्पिएका थिए, जुन कर्तव्यनिष्ठ, संविधानत, सरकार अघि बढिरहेको थियो । तर, सरकारलाई काम गर्न दिने वातावरण बनेन, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि राजनीतिलाई असर पर्ने खालको गतिविधि भयो ।’ उनले देशको राजनीतिलाई अस्थिरतातर्फ धकल्ने काम भएको बताए ।