logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहले पेरिसडाँडामा बोलायो सचिवालय बैठक


अंकुरण खबर
780
Shares

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । निर्वाचन आयोगसँग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

बैठकले प्रतिनिधिसभा विघनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने र आन्दोलनमा अन्य पार्टीसँग कसरी सहकार्य गर्ने भन्नेमा पनि बैठकमा छलफल गरिने भएको छ ।

पत्नीको उपचारका लागि भारत गएका दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएपछि यो समुहको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।