logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम हुन्छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
2.171K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएका नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिने दाबी गरेका छन् ।

राष्ट्रिय सभाको आज बसेको बैठकमा सम्बोधन गर्दै ओलीले भारतसँग मित्रवत् छलफल गरेर सुगौली सन्धिपछि प्राप्त नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम गर्ने दाबी गरेका हुन् ।

उनले भने,  ‘मिचिएको भूमि नक्सामा समेट्यौँ । संविधानमा राख्यौं । ती भूमि फिर्ताका लागि मित्रवत् ढंगले छलफल हुँदै छ  र त्यो भूभाग लिन्छौ । नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि कायम गर्छौ ।’

उनले व्यवहारमा राष्ट्रवादलाई उतार्न नसक्ने र मौकामा राष्ट्रवादका चर्का नारा लगाउनेलाई कटाक्ष गर्दै भने, ‘हाम्रो पानी हाम्रो खेतको सिरानबाट जाँदा हामीले हाम्रो खेतमा पानी चाहियो भन्न नसक्ने ? अनि सुमधुर सम्बन्धका लागि चुप लागेर बस्नुपर्छ भन्ने ? खेत बाँझै राखेर मौका मिल्दा राष्ट्रवादको ठुला नारा लगाउने ? यस खालको कुरा अन्त्य गर्नुपर्छ ।’

ओलीले भारतसँगको मित्रवत् छलफलबाट नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम हुने दाबी गरेका छन् ।