logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीले गरिन् राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य


अंकुरण खबर
793
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गरेकी छन् ।

आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यक्षलाई पत्र लेख्दै अधिवेशन अन्त्यको जानकारी गराएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय सभा अन्त्य गर्ने सिफारिस गरेका थिए ।

राष्ट्रियसभाको हिउँदे अधिवेश गत पुस १७ गते सुरु भएको थियो । प्रतिनिधिसभा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटन गरिसकेकी छन् ।

No description available.