पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।
आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ ।