logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १२६ जना कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९ जना, भक्तपुरमा ९ जना र ललितपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या एक लाख २३ हजार २८४ जना पुगेको छ ।

यस्तै, आज नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।