logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस चुनावबाट भाग्दैन : सभापति देउवा


अंकुरण खबर
663
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको खुलाए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट पारे ।

सभापति देउवाले भने, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो नि । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’

कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हुन नसकेको स्वीकार्दै आगामी दिनमा उनको सम्मानमा कमी हुन नदिने बचन समेत व्यक्त गरे ।

कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, लोकेश ढकाललगायतले सूर्यप्रसाद उपाध्यायको योगदानबारे आ–आफ्ना मन्तव्य राखेका थिए ।