logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम आज कता कस्तो रहन्छ ?


अंकुरण खबर
936
Shares

पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् । हाल प्रदेश १ र प्रदेश २ का केही क्षेत्रमा आंशिक बदली भएको छ ।

सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन् । देशका अरु क्षेत्रमा राति मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच देशको विभिन्न भू–भागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।