logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु


अंकुरण खबर
754
Shares

कैलालीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उप-महानगरपालिकाको ३ मिलन चोकका आइतबार राती ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए । योसँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।