logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार पनि घट्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
832
Shares

नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको हो ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।