logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आशंका गरिएको परिवर्तित कोरोना भाइरसको नमूना हङकङ पठाइयो


अंकुरण खबर
1.209K
Shares

परिवर्तित कोरोना भाइरस संक्रमणको आशंका गरिएका तीन जनाको नमूना परीक्षणका लागि हङकङ पठाइएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमित व्यक्तिको नमूना आइतबार हङकङ विश्वविद्यालय पठाएको हो । बेलायतबाट नेपाल आएपछि कोरोना संक्रमण भएका आठ जनामध्ये तीन जनामा परिवर्तित भाइरसको संक्रमणको आशंका गरिएको थियो ।

तर परिवर्तित कोरोना भाइरस पत्ता लगाउने प्रयोगशाला नेपालमा नभएकाले हङकङ पठाइएको हो । नमुना परिक्षण नजिताका लागि करिब २ हप्ता लाग्ने समेत प्रयोशालाले जनाएको छ ।

रिपोर्टका आधारमा थप रणनीति तयार गर्ने सरकारको तयारी छ । गत पुस एक गते बेलायतबाट आएका २ सय ७७ जना मध्ये आठ जनामा कोरोना संक्रमण देखिएको थियो । बेलायतमा दखिएको नयाँ प्रजातीको भाइरस ३७ वटा भन्दा बढि देशमा फैलिसकेको छ ।

पुरानो स्वरुप भन्दा ७० प्रतिशत बढि संक्रामक मानिएको यो भाइरस नेपालमा फैलिएको अवस्थामा यसले निकै क्षति हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।