logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य क्षेत्रका पाँच निर्देशकको जिम्मेवारी हेरफेर


अंकुरण खबर
858
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

निर्णयअनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

कान्तिको निर्देशकको जिम्मेवारी डा। आरपी बिच्छालाई दिइएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

ईडीसीडीका निर्देशक डा बासुदेव पाण्डे स्वास्थ्य मन्त्रालय तानिएका छन्। मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा पठाइएको छ। यस्तै डा. रमेश खरेललाई स्वास्थ्य सेवा विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ।