logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन कार्यक्रम तत्काल अघि नबढाउन माग गर्दै प्रचण्ड-नेपाल आयोगमा


अंकुरण खबर
923
Shares

निर्वाचन कार्यक्रम तत्काल अघि नबढाउन माग गर्दै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन्।

आज दिउसो अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेकपा नेताहरु निर्वाचन आयोग पुगेका हुन्। उनीहरुले आयोगका पदाधिकारीसँग निर्वाचन कार्यक्रमबारे छलफल गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन रहेकाले अहिले निर्वाचन कार्यक्रम अघि नबढाउन उनीहरुले आग्रह गरेका छन्। सर्वोच्चको फैसला नआउँदासम्म सबै कार्यक्रम यथावस्तामा राख्न उनीहरुले आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी थिइन्।

यसका विरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेका छन्। सबै रिटमाथि संवैधानिक इजलासमा सुनाइ चल्दै आएको छ।

यसको टुंगो नलाग्दै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।

यसलाई रोक्न आग्रह गर्न प्रचण्ड र नेपालसँगै नेकपा नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल निवाचन आयोग पुगेका हुन्।