नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ ।
आज नेप्से ३.७० अंकले बढेर दुई हजार दुई सय ३९ दशमलब ४२ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको हो।
आज २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स ०.९६ अंकले बढेर ४२९.३९ विन्दुमा पुगेको छ।
सोमबार बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बिमा, जीवन बिमा र म्युचुअल फण्ड समूहको सूचकमा हरियाली देखिएको छ।
सबैभन्दा धेरै निर्जिवन बिमा समूहको सेयर १७६.९३ र जीवन बिमा समूहको सेयर १६१.२९ अंकले बढेको छ। व्यापार, होटल, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको सूचक भने घटेको छ।