logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३१४ जना कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा ३१४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० जना, भक्तपुरमा १५ जना र ललितपुरमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ । जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

यस्तै, आज नेपालमा थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।