logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछ : स्वास्थ्यमन्त्री त्रिपाठी


अंकुरण खबर
1.391K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले यस्तो संकेत गरेका हुन् ।

पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन् । उनले व्यंग्यात्मक रुपमा भने, ‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ । यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ ।’

उनले समयमै कोभिड भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने समेत बताए । खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम आफ्नो प्राथममिता रहेको समेत बताए । कोरोना भाइरसविरुद्धको भ्याक्सिनका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनको भनाइ छ ।

खोप र स्वास्थ्य सामग्री पनि राजनीतिक विषय भएको उनको भनाई छ । ‘खोप केही निश्चित देशमा विकास भएकाले ती सरकारसँग निकटतम सम्बन्ध राखेर यसलाई अघि बढाएका छौं, राजनीतिक सम्बन्ध भएका देशका राजनीतिज्ञसँग पनि मैले कुराकानी गरेको छु,’ उनले भने ।

खोपका विषयमा रुस, भारत र युएईका राजदूतसँग वार्ता भएको उनले बताए ।