लगातार २ दिन घटेको सुनको मूल्य आज भने केही बढेको छ । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य ६ सयले बढेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैंयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ ।