logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा जलेर एकको मृत्यु


अंकुरण खबर
858
Shares

झापाको दमक नगरपालिका तीन बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिविरको सेक्टर डी–फोरअन्तर्गत साठी वर्षीय देशमान राई रहेका छन् । बाँसको एक तले छाप्रोभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।

घरभित्र रहेका परिवारका अन्य दुई जना सदस्य बाँच्न सफल भएका छन् । आगोमा सुनचादी, नगद तीन लाख र लत्ताकपडा जलेर नष्ट भएका छन् । आगो स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।