logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ पगरी गुथाए : डा. बाबुराम भट्टराई


अंकुरण खबर
1.456K
Shares

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजलाई दिएको अन्तर्वार्ताको चर्चालाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । ओलीलाई राष्ट्रवादी देखाउँदै देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाइने षड्यन्त्र भएको उनको दावी छ ।

‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री र बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकास र परनिर्भरतामा फसाइनेछ ! चेतना भया !’, भट्टराईले भनेका छन् ।