logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको नयाँ शुल्क


अंकुरण खबर
1.027K
Shares

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी र एमएस तथा एमडीएससहित) को शुल्क निर्धारण गरेको छ।

एमडी-एमएस क्लिनिकल तथा एमडीएस क्लिनिकलको अध्ययन शुल्क २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यस्तै एमडी-एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस ननक्लिनिकल अध्ययन गर्नका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ तिर्नु पर्ने भएको छ।

एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएनरएमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

एमफिल क्लिनिकल साइकोलोजीका लागि २ लाख ९३ हजार ६४५ रुपैयाँ शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ।