logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज


अंकुरण खबर
1.105K
Shares

हरेक वर्ष आयोजना हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज (मंगलबार) आयोजना हुँदैछ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ।

सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन्। उनीहरु मध्येबाट छानिएकालाई अवार्ड प्रदान गरिने छ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन्।