logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : दाहाल


अंकुरण खबर
1.235K
Shares

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन् ।

पोखरामा पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा दाहालले यस्तो बताएका हुन्।

‘केपी ओलीले जबज छोडेर समाजवाद उन्मुख जनताको जनवादमा हस्ताक्षर गरे,’ दाहालले भने, ‘त्यो अहिले उच्च मूल्यांकन गर्दा इमानका लागि होइन रहेनछ।’ दाहालले बइमान र छलकपटमा ओली अघि बढेको आरोप लगाए।

उनले प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टी एकता गरेको बताउँदै पार्टीभित्रको विवाद चलेको नाममा संसद भंग गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको आरोप समेत लगाए ।

पार्टी भनेको विवाद हुने संस्था भएको भन्दै विवाद सामान्य भएको बताउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री छोड्न आग्रह गर्दा ओलीले प्रधानमन्त्री नछोड्ने बरु पार्टी जे सुकै होस भन्ने तर्क गरेको बताएका छन् ।

पार्टीमा विधान र धारा अनुसार बहुमतले भनेको कुरा कार्यान्वय हुने कुरा उल्लेख भएपनि ओलीले जहिलै एकलौटी शासन गर्न तम्सिएको आरोप लगाएका छन् ।

आन्दोलन र बलिदानका उपलब्धि रक्षा गर्नका लागि संघर्षमा होमिएको भन्दै दाहालले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए।