पछिल्लो २४ घण्टामा नेपालमा ४३० जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।
मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३२ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३ सय जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो ।