logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


अंकुरण खबर
1.001K
Shares

देशभर हाल १९२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

१५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा एकजना आइसियु र एकजना जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ५५ आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३५ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा छन् ।  सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्।