परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयलका अनुसार ज्ञवाली तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन् । भ्रमणका क्रममा ज्ञवालीले नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुने छन् ।
बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोरोनाविरुद्धको संयुक्त लडाइँलगायत विषयमा छलफल हुने छ । नयाँदिल्लीमा रहँदा ज्ञवालीले भारतका उच्च राजनीतिक व्यक्तिसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ज्ञवाली ३ माघ, शनिबारका दिन स्वदेश फर्किने कार्यक्रम छ ।