logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रदेश १ र गण्डकीमा हल्का वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?


अंकुरण खबर
819
Shares

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि बुधबार बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।