logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु


अंकुरण खबर
1.261K
Shares

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेका जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय छोरा गणेश र ७ वर्षीय छोरा मनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहका अनुसार आगलागीमा परी भैरेका ४ बर्षीय छोरा खगेन्द्र भने घाइते भएका छन् ।